काठमाडौं, माघ २९ – डल्लु क्षेत्रबाट सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा काठमाडौं महानगरपालिका-२९ का ४१ वर्षीय नरेन्द्र देउला, काभ्रे पनौती-१ का कोमल बहादुर कार्की, र भारतको कलकत्ताका ५८ वर्षीय जागिर मलिक छन्।
प्रहरीका अनुसार माघ २६ गते ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्ने दोलखाकी सुनिता ठकुरीको कोठाबाट सुनका विभिन्न गरगहना चोरी भएको थियो। चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनै जनाको साथबाट सुनको नेक्लेस, सिक्री, औंठी, गलेको सुन, तिलहरी, कल्ली, झुम्का, मंगलसूत्रसहित विभिन्न गरगहना बरामद गरिएको छ।
हाल उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


