बर्दियाको ठाकुरबाबा नगरपालिकाले शिक्षाक्षेत्रलाई सबल बनाउन विशेष पहल गरेको छ। नगर प्रमुख तिलकराम लम्साले नगर क्षेत्रभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई सेतो नम्बर प्लेटका मोटरसाइकल उपलब्ध गराएका छन्।
सार्वजनिक कार्यालयका लागि प्रचलित सेतो नम्बर प्लेटका सवारी साधन प्रधानाध्यापकलाई विद्यालय सम्बन्धी काममा सहजता ल्याउने उद्देश्यले हस्तान्तरण गरिएको हो। स्थानीय स्तरमा यस्तो निर्णय विरलै हुने भएकाले धेरैलाई अनौठो लागे पनि यसले शिक्षकको सम्मानमा वृद्धि गर्ने र शैक्षिक व्यवस्थापनमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
यस कार्यलाई शिक्षाप्रति देखाइएको सकारात्मक लगानी र नविन प्रयासका रूपमा हेरिएको छ। स्थानीयवासी र शिक्षकहरूले यसलाई अनुकरणीय कदम भन्दै प्रशंसा गरेका छन्।


