
अभिलाष गुप्ता
पौष १६ वीरगन्ज
जनमत पार्टी पर्साले बीरगन्जमा राष्ट्रिय धोती दिवस मनाउने भएको छ । पार्टीले पुष १७ गते अर्थात् भोली बिरगंजको घन्टाघरमा धोती दिवस मनाउने भएको हो ।

जनमत पार्टीले अंग्रेजी नयाँ वर्षको दिन काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय धोती दिवस मनाउने निर्णय गरेको छ । सोही निर्णयअनुसार वीरगन्जमा पनि यहाँ पनि दिवस मनाउन लागिएको जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।
सो अवसरमा भोली घण्टाघर चोकमा बिहान ८ बजे एक कार्यक्रमको आयोजन गर्न उनले जनाए । कार्यक्रममा सहभागी उनले सम्पूर्णमा अपिल समेत गरेका छन् ।
मधेस र मधेसीको पहिचानको संरक्षण तथा जगेर्नाका साथै देश–विदेशमा मधेसी पोशाकको प्रचारप्रसारका लागि अंग्रेजी नयाँ वर्षको दिन राष्ट्रिय धोती दिवस मनाउन लागिएकाले आ–आफ्नो मौलिकता झल्कने गरी धोती, कुर्ता लगायतको पोशाक लगाएर उक्त कार्यक्रममा बढीभन्दा बढी संख्यामा सहभागी भइदिन उनको आहवान छ ।


