जनमत पार्टी पर्सा शाखाको लोककल्याणकारी अभियानअन्तर्गत पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ झौवा र वीरगन्ज नगरपालिका वडा नं. २१ परवानीपुरमा आज १६ औं र १७ औं निशुल्क आखा शिविर सम्पन्न भएको छ। झौवाको शिविरमा ३५४ जनाले स्वास्थ्य सेवा लिएका थिए, जसमा १२० जनामा मोतियाबिन्दको पहिचान भएको छ। परवानीपुर शिविरमा भने ६१ जनाले चेकजाँच गराएका थिए, जसमा १९ जनामा मोतियाबिन्द फेला परेको थियो।
शिविरका सहभागीलाई नि:शुल्क मोतियाबिन्द शल्यक्रिया वीरगन्ज सामुदायिक आखा केन्द्रमा गरिने जनाइएको छ। कार्यक्रमको नेतृत्व जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले गरेका थिए, जसको अनुसार अभियानबाट २२ सय ६० भन्दा बढी नागरिक लाभान्वित भएका छन् भने ५५६ जनाको मोतियाबिन्दको सफल शल्यक्रिया सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता बिन्दवासिनी गाउँपालिका अध्यक्ष ललन (बिनोद) चौरसिया र परवानीपुरमा वडा नं. २२ का इकाई अध्यक्ष विष्णु कुशवाहाले गरेका थिए। यस अवसरमा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, नेता सुजित चौरसिया, रामबाबु चौरसिया, महेश चौरसिया, युवा नेता उदय यादव, संजय सिंह, लोकेश कर्णे लगायतका नेताहरूको सक्रिय सहभागिता रहेको थियो।
यो अभियान पर्सा जिल्लाका गाउँ र शहरमा निरन्तर जारी रहने अध्यक्ष सरार्फले बताएका छन्।


