धनगढी: कैलालीको भजनी नगरपालिका–३ ठेकिपुरबाट चितुवाको छाला र दाँतसहित एक व्यक्ति पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरीले बिहारे चौधरीलाई कालो प्लास्टिकको झोलाभित्र लुकाइएको अवस्थामा चितुवाको छाला र १२ वटा दाँतसहित पक्राउ गरेको जानकारी दिएको छ।


प्रहरीका अनुसार बरामद गरिएको छालाको लम्बाइ ४ फिट ४ इन्च र चौडाइ १ फिट १० इन्च रहेको छ। चौधरीमाथि वन्यजन्तु संरक्षण ऐन अन्तर्गत अपराधको आरोपमा अनुसन्धान भइरहेको छ। नेपालमा वन्यजन्तुका अंगहरूको अवैध व्यापार दण्डनीय अपराध मानिन्छ।



