कालिकामाई, जेष्ठ १९ — मधेश प्रदेशको कालिकामाई गाउँपालिका, पर्साले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आफ्नो “नीति तथा कार्यक्रम” आज औपचारिक रूपमा सार्वजनिक गरेको छ। सोमबार सम्पन्न सार्वजनिक कार्यक्रममा गाउँपालिकाले स्थानीय सेवा सुधारदेखि पूर्वाधार विस्तारसम्मका विविध क्षेत्र समेट्ने नीति अघि सारेको हो।
प्रदेशभित्र सबैभन्दा चाँडो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गाउँपालिका बन्ने गौरव पर्साको कालिकामाईले हासिल गरेको छ। जेष्ठ १९ गतेमै नीति ल्याएको यस पालिकाले योजनाबद्ध र पारदर्शी प्रशासनिक अभ्यासमा जोड दिएको देखिएको छ।
गाउँपालिका कार्यालयमा आयोजित विशेष समारोहमा गाउँपालिकाका अध्यक्ष श्री बशिष्ट कुमारज्यू , उपाध्यक्ष श्रीमती राजमती देवी बरैनीज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री अमित कुमार गिरीज्यू , ५ वटै वडाका वडा अध्यक्षज्यूहरु , वडा सदस्यज्यूहरु लगायत विभिन्न शाखाका कर्मचारी ज्यूहरु तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा प्रस्तुत गरिएका योजनाहरूले विशेष गरी शिक्षा, स्वास्थ्य सेवा, कृषि तथा पशु विकास, सिचाई, पूर्वाधार विकास, सूचना प्रविधी तथा स्थानीय प्रशासनको दक्षता अभिवृद्धिमा प्राथमिकता दिएको जनाइएको छ। नीति तथा कार्यक्रम प्रस्तुतिकरण गर्ने कार्य उपाध्यक्ष श्रीमती राजमती देवी बरैनीद्वारा गरिएको थियो


