काठमाडौँ– असन चोकको एक घरमा आज बिहान आगलागी भएको छ। हाल आगलागी नियन्त्रणका लागि प्रयास भइरहेको छ

आगलागीको कारण र यसले पुर्याएको क्षतिको विवरण हालसम्म उपलब्ध भएको छैन। घटनास्थलमा सुरक्षा निकायका टोली परिचालित छन् र आगो नियन्त्रणमा लिन प्रयासरत छन्।
स्थानीयवासीले पनि सुरक्षाकर्मीहरूलाई सहयोग गरिरहेका छन्। थप विवरण आउन बाँकी रहेको छ।


