पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-५ घर भएका २० वर्षीय रोशन भनिने सूर्यकुमार बढईको हत्या अभियोगमा तीन जना पक्राउ परेका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाल्हिनन्दन गाउँपालिका-६ का ३० वर्षीय जोगिन्दर बढई, २० वर्षीय सुरज राजभर, र अर्का एक १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी रेशम बोहोराले जानकारी दिए अनुसार, गत साउन १४ गते राति आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा बढईको हत्या भएको थियो। घटनाको राति उनी आफ्नो भाइसँग सुतिरहेका बेला अज्ञात व्यक्तिहरूले धारिलो हतियार प्रयोग गरेर बढईको हत्या गरेका थिए। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना हुनु तीन दिनअघि, साउन ११ गते, जोगिन्दर बढईकी श्रीमतीलाई रोशन भनिने सूर्यकुमार बढईले मोटरसाइकलमा राखेर आफन्तको घरमा पुर्याएका थिए। उक्त समयमा जोगिन्दर बढईले आफ्नी श्रीमतीलाई मोटरसाइकलमा चढाएको देखेपछि दुबैबीच विवाद सुरु भएको थियो।
जोगिन्दरले साथी सुरज राजभर र १७ वर्षीय किशोरलाई पनि उक्त घटनाको बारेमा जानकारी गराएका थिए। प्रहरी अनुसन्धानका क्रममा थाहा भयो कि जोगिन्दरले रोशनसँग बदला लिने योजना बनाएका थिए। साउन १३ गते राति, उनीहरू गाँजा सेवन गरेर रोशनलाई गाउँको कुटिया माई मन्दिरमा बोलाएका थिए।
रोशन त्यहाँ पुगेपछि सामान्य छलफल भएको थियो र त्यसपछि उनीहरू छुट्टिएका थिए। तर, सोही राति, जोगिन्दर, सुरज र किशोरले मादक पदार्थ र गाँजा सेवन गरेका थिए र रोशनको घर नजिकै बसेका थिए। जोगिन्दरले हँसिया लिएर बिहान झन्डै चार बजेतिर रोशन सुतिरहेको स्थानमा गएर उनको घाँटीमा प्रहार गरेका थिए।
हत्या पछि, जोगिन्दरले हतियार ट्वाइलेटको सेफ्टी ट्यांकीमा लुकाएर, मोटरसाइकल चढेर भारततर्फ भागेका थिए। जबकि सुरज र ती किशोर भने गाउँमै बसेका थिए।
घटनाको अनुसन्धानको क्रममा असोज २३ गते, जोगिन्दर आफ्नो घर फर्केको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। जोगिन्दरकै बयानका आधारमा अन्य दुईजनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको


