काठमाडौँ । सुशीला कार्की नेतृत्वको सरकार अपदस्त गर्दै सर्वपक्षीय सरकार निर्माण र संविधान पुनर्लेखनको मागसहित संयुक्त जेनजी आन्दोलन औपचारिक रूपमा घोषणा गरिएको छ। आन्दोलन आगामी पौष ७ गते माइतीघर मण्डलाबाट सुरु हुने जनाइएको छ। आन्दोलनको नेतृत्व संरचनाअनुसार मिराज ढुङ्गाना संयोजक तोकिएका छन् भने आन्दोलन कमान्डरको जिम्मेवारी सुनिल सिंह ठकुरीलाई दिइएको छ। यस्तै, विजय शाह, जितेन्द्र प्रताप सिंह, विकेस शाह, अजय सोडारी र प्रकाश रावल सहसंयोजक रहेका छन्। आन्दोलनका आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारी प्रवक्ता बीरजङ विश्वकर्मा र प्रकाश शर्मालाई दिइएको छ। आन्दोलनको औपचारिक घोषणा पौष ६ गते काठमाडौँको भोजन गृहमा आयोजित कार्यक्रममार्फत गरिएको थियो। उक्त कार्यक्रममा आन्दोलनका अगुवा रवि किरण हमालले वर्तमान राजनीतिक व्यवस्था देशलाई गहिरो संकटतर्फ धकेलिरहेको दाबी गर्दै निर्णायक संघर्षको चरणमा प्रवेश गरिएको घोषणा गरे। उनले मुलुकलाई राजनीतिक, संवैधानिक र नैतिक संकटबाट मुक्त गराउन अब सडकबाट दबाब सिर्जना गर्न आवश्यक भएको उल्लेख गर्दै निर्णायक संघर्षमा साथ दिन सबै देशवासीलाई अपिल गरेका छन्। आन्दोलन घोषणासँगै वर्तमान सरकार जनआकांक्षाविपरीत दिशामा अघि बढिरहेको, राज्यसंयन्त्र असफल बन्दै गएको र संविधानमा रहेको शासकीय स्वरूपले जनताको वास्तविक भावना तथा आवश्यकतालाई सम्बोधन गर्न नसकेको आरोप लगाइएको छ। विद्यमान राजनीतिक संरचना र संविधानकै कारण मुलुक दीर्घकालीन राजनीतिक र संवैधानिक संकटमा फस्दै गएको ठहर आन्दोलनकारीहरूको छ। संयुक्त जेनजी आन्दोलनले शान्तिपूर्ण तर निर्णायक संघर्षमार्फत राजनीतिक निकास खोज्ने दाबी गर्दै माइतीघरबाट सुरु हुने आन्दोलनलाई चरणबद्ध रूपमा देशव्यापी बनाइने जनाएको छ। विभिन्न क्षेत्र, वर्ग र पृष्ठभूमिका युवाहरू तथा नागरिकहरूको सक्रिय सहभागितासहित आन्दोलनलाई नयाँ राजनीतिक दिशाको आधार बनाइने आयोजकहरूको भनाइ छ।
समाचार
पर्सा — जिल्लामा घटेको एक दुःखद घटनापछि पीडित परिवारलाई राहत स्वरूप आर्थिक सहयोग प्रदान गरिएको छ। मिति...
बिरगञ्ज । बिरगञ्जको होटल क्लासिक ब्यान्क्वेटमा आइतबार हिन्दू पत्रकार संघ नेपाल औपचारिक रूपमा अस्तित्वमा आएको छ। संघको...
चितवनबाट दिएको एक स्पष्ट र आक्रामक अभिव्यक्तिमा रवि लामिछानेले आफूलाई लक्षित गरी फैलाइँदै आएका हल्लाप्रति कडा प्रतिक्रिया...
निरञ्जन शाह,वीरगञ्ज । दिनप्रतिदिन फोहरले ढाकिँदै दुर्गन्धको केन्द्र बन्दै गएको श्रिसिया नदीको संरक्षणका लागि वीरगञ्जका जेन–जी युवाहरू...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा संशोधनसम्बन्धी अध्यादेश आज जारी गरेका छन्। प्रतिनिधिसभा सदस्य...
४ पौष वीरगन्ज । वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ।...
४ पुस, काठमाडौं । गत वर्ष बंगलादेशमा भएको विद्यार्थी आन्दोलनका प्रमुख अगुवामध्ये एक शरिफ उस्मान हादीको निधनपछि...
बारा प्रहरीले लागुऔषध मुद्दामा दोषी ठहर भई केन्द्रीय कारागार सुन्धारा, काठमाडौंमा पुर्पक्षका लागि थुनामा रहेका दुई फरार...
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको अवस्था मूल्याङ्कन...


