
मिति २०८१ मङ्सिर ७ गते, हेल्प टुगेदर फाउण्डेशनले चिसो मौसमको प्रभावलाई मध्यनजर गर्दै बिपन्न परिवारका लागि न्यानो कपडाको वितरण कार्यक्रम आयोजना गर्यो। शीतलहरको कारण जनजीवन प्रभावित भएको अवस्थामा, यो सहयोग कार्यक्रमले धेरैलाई राहत पुर्याएको छ।
उक्त कार्यक्रममा फाउण्डेशनका अध्यक्ष ऋषु कुमार वर्मा र सदस्यहरू आशिष शर्मा, ओम बरनवाल, बिराज राज, सुजित गुप्ता, र आदित्य राज गुप्ताको विशेष उपस्थिती थियो। सामूहिक प्रयासमा सम्पन्न यस कार्यक्रममा स्थानीय स्तरमा धेरैलाई मद्दत गर्न सकिएको छ।
“समाजका प्रत्येक मानिसलाई सघाउन हामी सँधै तत्पर छौं,” अध्यक्ष वर्माले बताए।
यो कार्यक्रम संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उल्लेख गरिएको छ।
हेल्प टुगेदर फाउण्डेशनले आगामी दिनमा पनि यस प्रकारका सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


