काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँमा झरेको छ।
शुक्रबार, सुनको मूल्य तोलामा १ लाख ५३ हजार ५ सय रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहँदै आएको छ। महासंघका अनुसार, शुक्रबार तोलामा १ हजार ८१० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार पनि त्यही दरमा कारोबार भइरहेको छ।




