वीरगन्ज, – यही चैत ५ गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई ध्यानमा राख्दै जनमत पार्टी पर्साले विशेष तयारी थालेको छ। पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश सराफको अध्यक्षतामा आज बसेको बैठकले विद्यार्थी जनमत संघका उम्मेदवारहरूको जित सुनिश्चित गर्न पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ।
कार्यदलका सदस्यहरू:
🔹 विधालाल प्रसाद – केन्द्रीय सदस्य, जनमत पार्टी
🔹 अनुराग द्विवेदी – केन्द्रीय सदस्य, जनमत पार्टी
🔹 उदय प्रसाद यादव – जिल्ला अध्यक्ष, युवा जनमत संघ पर्सा
🔹 सञ्जय सिंह – महानगर संयोजक, युवा जनमत संघ वीरगन्ज
🔹 विवेक कुमार झा – जिल्ला अध्यक्ष, विद्यार्थी जनमत संघ
बैठकमा सहभागी नेताहरूले विद्यार्थी हकहित र राजनीतिक चेतना अभिवृद्धिका लागि यो चुनाव महत्त्वपूर्ण भएको बताएका छन्। जनमत पार्टीले विद्यार्थी जनमत संघलाई जिताउन रणनीतिक योजना बनाएको भन्दै कार्यकर्ता तथा समर्थकहरूलाई पूर्ण रूपमा सक्रिय रहन आग्रह गरिएको छ।


