
शनिबार साँझ मात्र नेपाली सेनाबाट बिदामा घर आएका २८ वर्षीय दर्शन खत्रीले आफ्नी २६ वर्षीया श्रीमती प्रेम ओली खत्रीको ह!त्या गरेका छन्। पाँच वर्षदेखि खटपट चलिरहेको वैवाहिक सम्बन्ध एकाएक वि!ष्फोट हुँदा यस्तो दु:खद अन्त्य भएको हो।
स्थानीय छिन्चु बजारमा भेट्ने सल्लाहपछि प्रेम प्रेम खत्री सामान लिन निस्केकी थिइन्। त्यही क्रममा अचानक श्रीमान दर्शन देखा परेपछि प्रेमले पहिले झुट बोलेको भन्दै प्रश्न गरिन्। त्यसपछि दुवै जना घर फर्किने क्रममा सडकमै झगडा सुरु भएको थियो।
प्रहरीका अनुसार, झगडाको बेला दर्शनले प्रेमको मोबाइल खोसेर हेर्दा अर्का पुरुषको फोटो देखेपछि उनी आक्रोशित भए। रिसको झोकमा उनले नजिकैको ढुं!गा उठाएर प्रेमको टाउकोमा हानेका थिए। प्रेमले पनि दर्शनमाथि अन्य महिलासँगको सम्बन्ध रहेको आरोप लगाएकी थिइन्।
प्रहरी स्रोतका अनुसार प्रेम लडेको देखाएर ढाकछोप गर्न उनले श्रीमतीको स!ल प्रयोग गरेर घाँ!टी क!से र नजिकैको खोल्सामा फालिदिए। घटना घटेको करिब डेढ घण्टापछि, राति ८ बजे दर्शन आफ्नै घर पुगेका थिए।
यो दु:खद घटना प्रेम र दर्शनबीचको आपसी अविश्वास र विग्रँदो सम्बन्धको चरम परिणामका रूपमा देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्रोत: सामाजिक सञ्जाल