काठमाडौँ । स्थानीय सराफा बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा दुवै बहुमूल्य धातुको दरमा गिरावट देखिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको दरअनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० कायम भएको छ। यस्तै, चाँदीको मूल्य एक तोलाको रु सात हजार ६५ निर्धारण गरिएको छ।
यसअघि बिहीबार छापावाल सुन रु तीन लाख ३९ हजार ३०० र चाँदी रु सात हजार ५०५ मा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा मूल्यमा उतारचढाव देखिँदै आएको छ। गत बुधबार सुन रु तीन लाख १८ हजार ८०० र चाँदी रु सात हजार ३०० मा कारोबार भएको थियो भने मङ्गलबार सुन रु तीन लाख नौ हजार ३०० र चाँदी रु छ हजार ८७० मा सीमित थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विश्व बजारमा आज एक औँस सुन ५ हजार ५३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। त्यस्तै, सेतो धातु (चाँदी) को अन्तर्राष्ट्रिय मूल्य ११७ अमेरिकी डलर आसपास रहेको बताइएको छ।
अन्तर्राष्ट्रिय बजारको उतारचढावको प्रभावले स्थानीय बजारमा पनि सुन–चाँदीको मूल्य परिवर्तन हुँदै आएको व्यवसायीहरू बताउँछन्।


