
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले आइतबार नयाँ कीर्तिमान बनाएको छ। साताको पहिलो कारोबार दिनमा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको कारोबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ निर्धारण गरिएको छ। यसअघि शुक्रबारको दिनमा सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा थियो भने आइतबार ९५ रुपैयाँले बढेर प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ।