नेपाल ट्र्ड युनियन काङ्ग्रेस पर्साको अध्यक्ष छोटेलाल प्रसाद ज्युको सभापतित्वमा सिपमुलक तालीम समापन पछीको प्रमाणपत्र बितरण कार्यक्रम को प्रमुख अतिथि संबिधान सभा सदस्य तथा पर्सा क्षेत्र १ का नेपाली काङ्ग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार आदरणीय अनिल रुंगटा ज्यु रहनु भएको थियो । प्रमुख अतिथी ज्युबाट नेपाल ट्रेड युनियन काङ्ग्रेस र जिलाफ इन्टर नेशनल लेबर फाउन्डेसन द्वारा संचालित ३ महिने ब्युटिशियन र सिलाइ तथा कटाई ( level -2) तालिमको समापनको प्रमाणपत्र बितरण समारोहमा १५/१५ गरि ३० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र र सिलाइ तथा कटाई र ब्युटिशियन तालिमका प्रशिक्षक २ जना लाई प्रशंसा पत्र समेत बितरण गरियो । सोही समारोहमा नेपाल ट्रेड युनियन काङ्ग्रेससंग आबद्ध नेपाल कृषि श्रमिक संघ पर्साको अध्यक्ष लखन लाल साह कानु सबैया सझेदारी बन उपभोक्त समूह, सबैया टाँरीको अध्यक्ष चयन हुनु भएकोमा नेपाल ट्रेड युनियन काङ्ग्रेस पर्साले सम्मानित गरेको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका संबिधान सभा सदस्य अजय दुबेदी, क्षेत्री सभापति अरबिन्द गुप्ता , नेपाली काङ्ग्रेस बिरगंज महानर सभापति मणिन्द्र लाल नेपाली , नेपाली काङ्ग्रेसका नेता अनिल सिंह , हरि यादव लगाय नेपाल ट्रेड युनियन काङ्ग्रेस संग आबद्ध श्रमिक नेता अमृतलाल जोशी , लक्ष्मण प्रसाद कुर्मी , धिरेन्द्र सिंह , लगायत ट्रेड युनियन र आबद्ध संघका केन्द्र , प्रदेश ,जिल्ला र इकाई स्तरका पदाधिकारी तथा सदस्यहरु गरि करिब २५० जना ट्रेड युनियन कर्मी हरुको उपस्थित रहेको थियो । उपाध्यक्ष चनद्रनारायण सिह रिजालले स्वागत तथा सचीव हरेन्द्र महतोले सहजीकरण गर्नु भएको थियो।


