काठमाडौं: यस वर्षको तिहार पर्वको अवसरमा सान्वी फाउन्डेसन र यूनाइटेड फाउन्डेसनले संयुक्त रूपमा देउसी-भैलो कार्यक्रमको आयोजना गरेका छन्। नेपाली संस्कृति र परम्परालाई प्रवर्द्धन गर्दै सामाजिक सहयोगको भावना अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गरिएको हो।
यस विशेष कार्यक्रममा समाजका विभिन्न तह र तप्काका व्यक्तिहरूको सहभागिता रहेको थियो। सांस्कृतिक नाचगान, देउसी-भैलो गीत र परम्परागत झाँकीको प्रस्तुति गरिएको कार्यक्रममा संकलित सहयोग रकम सामाजिक कार्यमा प्रयोग गरिने फाउन्डेसनले जानकारी गराएको छ।
कार्यक्रमका प्रमुख अतिथिले समाजसेवा र संस्कृतिको जगेर्नामा यस्ता कार्यक्रमको महत्त्वपूर्ण योगदान रहने बताए।


