
बाराको नकटुवा, जेठ १७ –
समृद्ध नेपाल फाउण्डेसनको पहलमा शनिबार बाराको नकटुवामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरिएको छ। स्थानीय बासिन्दाको आँखासम्बन्धी समस्याहरू पहिचान गर्न लक्षित गरी आयोजित उक्त शिविरमा १४० जनाको आँखा परीक्षण गरिएको थियो।
शिविरका क्रममा ४० जनामा मोतियाविन्दुको लक्षण देखिएको फाउण्डेसनका अध्यक्ष सुरजकुमार सरार्फले जानकारी दिनुभयो। उहाँका अनुसार, मोतियाविन्दु पहिचान भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया वीरगञ्ज सामुदायिक आँखा अस्पतालको सहकार्यमा गरिनेछ।
शिविरको सफल आयोजनामा विश्रामपुर गाउँपालिकाकी कार्यपालिका सदस्य रागिनी कुमारीको समेत सक्रियता देखिएको थियो। उनले नकटुवामा यस्तो खालको स्वास्थ्य सेवा पुग्नु उत्साहजनक भएको प्रतिक्रिया दिइन्।