
काठमाडौं – राजधानीमा जारी शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउन आएका दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल अपमानित हुँदै फर्कन बाध्य भएका छन्। शिक्षकहरूको तीव्र विरोध र नाराबाजीका कारण उनीहरूलाई भाषण नगरी जानु परेको हो।
नेपाल र खनाल आन्दोलनरत शिक्षकहरूको समर्थनमा संबोधन गर्न राजधानी पुगेका थिए। तर, शिक्षकहरूले ‘राजनीति गर्न पाइँदैन’ भन्दै तीव्र विरोध जनाएका थिए। ‘कोही नेता यहाँ आउनुपर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै नाराबाजी गर्दा उनीहरूले मन्तव्य नराखी फर्कनु परेको थियो।
प्रहरीले सुरक्षित रूपमा नेपाल र खनाललाई गाडीमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्यायो। आन्दोलनरत शिक्षकहरूले पञ्चायती ऐन खारेज र नयाँ शिक्षा ऐनको माग गर्दै नाराबाजी गरेका थिए। यसरी, शिक्षकहरूको आन्दोलनमा राजनीतिक हस्तक्षेपको स्पष्ट विरोध जनाइएको छ।