२७ पौष वीरगन्ज । वीरगन्ज समाज सेवा द्वारा वीरगन्जको नारायणी अस्पतालमा लगातार २१ औ महिनाको साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सम्पन्न गरेको छ। पच्छिल्लो वर्ष देखि प्रत्येक शनिबार बिहान ९.३० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन हुँदै आएको निशुल्क भोजन सेवा कार्यक्रमले अस्पतालमा उपचाररत बिपन्न बिरामीहरु, कुरुवाहरु, असहायहरुको साथै रिक्सा,ईरिक्सा चालकहरु ,यात्री बटुवाहरु लाई घरमा बनाएको जस्तो सफा सुग्घर, सुद्ध र गुणस्तरीय पोषिलो भोजन खुवाउदै आएको हो । आजको निशुल्क भोजन शिविर कार्यक्रम लायन्स क्ल्बका संस्थापक मेल्विन जोन्सको जन्मदिवसको अवसरमा लायन्स क्लब अफ आदर्शनगर बिरगंजले सहयोगिको रुपमा सहआयोजन गरेको र आज भात दाल, आलु कोभिको तरकारी र भुटेको हरियो खुर्सानी खानामा समावेश गरि करिब ६ सय जना लाई खुवाएर सेवा प्रदान गरेको बिरगंज समाज सेवाका सचिव एवं लायन्स क्ल्ब आदर्शनगर का डिष्ट्रीक एजुकेटिभ चिफ एवं भुतपुर्व अध्यक्ष प्रकाश बाहेतीले बताउनु भयो ।
सो अवसरमा आयोजक वीरगन्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले ” सेवा नै धर्म हो ” को मुलमन्त्र लाइ आत्मसात गरि हरेक हप्ता करिब ४ सय ५० देखि ५ सय जनाले यस सेवाबाट लाभ लिँदै आएको र दिन दुखी असहायको पेट भर्न र त्यसपछिको उनिहरुको अनुहारमा आएको हासी खुशी देखेर आफुहरु लाई निकै खुशी लाग्ने र गौरवान्वित महसुस हुदो रहेछ बताउदै तपाईहरु पनि आआफ्नो ठाउमा मिलेर दिन्दुखी असहायको सक्दो सेवा सहयोग गर्न आग्रह गर्दै आजको सहयोगको लागि लायन्स क्लब आदर्शनगर परिवार एवं सम्पुर्ण सहयोगी दाता , सेवकजनलाई हार्दिक धन्यवाद ब्यक्त गरेका थिए ।
त्यसैगरी सो अवसरमा मित्र राष्ट्र भारत रक्सौल लायन्स क्लब का अध्यक्ष समाजसेवी बिमल सराफले लायन्स क्लबका संस्थापक मेल्विन जोन्स को बर्षगाठ को शुभअवसर पारेर विश्व भरी नै साप्ताहब्यापी भोको कार्यक्रम आयोजना गर्ने क्रममा आज लायन्स क्लब आदर्शनगर बिरगंजले बिरगंज समाज सेवाको सुअभियान्मा निशुल्क भोजन कार्यक्रमको आयोजना गरि हामिलाइ यहाँ निमन्त्रणा दिनु भो सच्चिकै यहाँ आउदा सेवा गर्न पाउदा मन रमाएको छ किनभने दिनदुखी असहायको सेवा सहयोग नै हामी मानवको लागि सबै भन्दा ठूलो धर्म र कर्म भएकोले यो अभियानमा सेवा सहयोग हातेमालो गर्न सम्पुर्णलाई दिनदुखी असहायको सेवा सहयोग गरि मानवता बलियो बनाउन आग्रह गरे ।
आजको निशुल्क भोजन कार्यक्रममा समाजका पदाधिकारीहरूमा उपाध्यक्ष मनोज प्रसाद रौनियार,सदस्यहरू मदन प्रसाद गुप्ता,निसान्त लाठ,राजेन्द्र भट्टराई, लालबाबु सिंह, सान्चे मगर लगायत लायन्स क्लब आदर्शनगरका अध्यक्ष सुरेश रुङ्टा ,लायन्स क्ल्ब रक्सौलका पुर्व अध्यक्ष साईमन रेक्स , लायन्स क्ल्ब आदर्शनगरका उपाध्यक्ष किशोर गुप्ता,सचिव मनिष गोयल ,सदस्य महेश कादमिया,प्रदिप डालमिया, पदाधिकारी सदस्यहरुले सेवा प्रदान गरेका थिए ।


