वीरगञ्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वीरगञ्जलाई देशको आर्थिक केन्द्रका रूपमा विकास गर्नुपर्नेमा विशेष जोड दिएका छन्।
आज आयोजित पत्रकार सम्मेलनमा उनले वीरगञ्जमा हुने व्यावसायिक तथा औद्योगिक गतिविधि आर्थिक राजधानीका लागि पर्याप्त आधार रहेको उल्लेख गरे। प्रतिनिधिसभा सदस्यसमेत रहेका साहले मुलुकको आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रको सहकार्य अनिवार्य रहेको बताए।
‘‘देशको आन्तरिक तथा बाह्य ऋण निरन्तर बढ्दो अवस्थामा छ,’’ साहले भने, ‘‘स्वदेशी उत्पादन तथा उद्योगलाई प्रवर्द्धन गर्न ठोस नीति आवश्यक छ।’’


