वीरगंज, चैत १५ – रूंगटा वेलफेयर सोसाइटी तथा रिलिफ सोसाइटी अफ कमर्सको संयुक्त आयोजनामा पर्साको वीरगंजमा निशुल्क कान शल्यक्रिया (अप्रेशन) शिविर सम्पन्न भएको छ।
वीरगंज महानगरपालिका-१४, गण्डक बहुअरीस्थित इम्प्याक्ट नेपाल रूंगटा वेलफेयर कान उपचार केन्द्रमा सम्पन्न शिविरमा विभिन्न जिल्लाका बिरामीहरू लाभान्वित भएका छन्।
शिविरको उद्घाटन रिलिफ सोसाइटी अफ कमर्स पर्सा, वीरगंजका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा तथा प्रमुख अतिथि मुर्लीधर रूंगटाको आतिथ्यमा भएको थियो। कार्यक्रममा उपाध्यक्ष नारायण रूंगटा, वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा, वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेश लाठ, सामुदायिक प्रहरी सेवा कुम्हालटोलका अध्यक्ष रमेश चौधरी, पूर्व अध्यक्ष अशोक कुमार लाठ, प्रा. डा. बिमल कुमार सिन्हा, समाजसेवी पशुपति विक्रम राणा, उषा शाहलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
चार दिनमा ११० जनाको जाँच, ९० जनाको सफल शल्यक्रिया
चैत ११ देखि १४ गतेसम्म सञ्चालन गरिएको शिविरमा ११० जनाको कानसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो। तीमध्ये ९० जनाको सफल शल्यक्रिया गरिएको छ। यसमा ३१ जना पुरुष, ४२ जना महिला तथा १७ जना बालबालिका रहेका छन्।
रिलिफ सोसाइटी अफ कमर्स वीरगंज पर्साका महासचिव निरज अग्रवालका अनुसार संस्थाले अहिलेसम्म १,००० भन्दा बढी व्यक्तिलाई निशुल्क कान शल्यक्रिया सेवा प्रदान गरिसकेको छ।
छिमेकी भारतबाट समेत बिरामीको सहभागिता
शिविरमा बारा, पर्सा, रौतहट जिल्लाका साथै छिमेकी राष्ट्र भारतका विभिन्न क्षेत्रका बिरामीहरूले समेत निशुल्क उपचार सेवा लिएका थिए। कार्यक्रम सञ्चालन महासचिव निरज अग्रवालले गरेका थिए।



Thanks for the article. Here’s more on the topic https://orenbash.ru/
Thanks for the article. Here’s more on the topic https://stalker-land.ru/
Thanks for the article. Here’s more on the topic https://yarus-kkt.ru/
Here’s more on the topic https://bediva.ru/
Thanks for the article. Here’s more on the topic https://avto-yar.ru/
Thanks for the article. Here’s more on the topic https://bediva.ru/
Thanks for the article. Here’s more on the topic https://tonersklad.ru/
Thanks for the article. Here is a website on the topic – https://kanunnikovao.ru/
Thanks for the article. Here’s more on the topic mirka-master.ru .
Thanks for the article. Here’s more on the topic https://svetnadegda.ru/
Thanks for the article. Here’s more on the topic https://remonttermexov.ru/
Thanks for the article. Here’s more on the topic https://up-top.ru/
Thanks for the article – https://krylslova.ru/
Рекомендую Также рекомендую вам почитать по теме – https://dzen.ru/a/Z5O3BhGz7yMummPD .
И еще вот – https://dzen.ru/a/Z5K8AbPqPQ6409kt .
Также рекомендую вам почитать по теме – https://dzen.ru/a/Z5LAhnri-CvRgwZX .
И еще вот – https://dzen.ru/a/Z5QVrr1SPwxof1QJ .
Thanks for the article https://www.freelistingusa.com/listings/ribachok .
Thanks for the article https://odessamama.net/forum.php?mod=viewthread&tid=288351 .
Website https://cardsfm.ru/ .
Website https://photo-res.ru/ .