काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता गर्ने सरकारी निर्णयविरुद्ध दायर रिटमा थप सक्कल प्रमाण तथा कागजात झिकाउन आदेश दिएको छ।
अदालतले आवश्यक कागजात प्राप्त भएपछि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय लिन रिटलाई पेस गर्न निर्देशन दिएको हो।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेमाथि लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोगपत्र संशोधन गर्दै मुद्दा अघि नबढाउने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।
उक्त रिटमाथि आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ भएको हो।


