पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतले ४ दिनको थप हिरासत अनुमति दिएको छ। लामिछानेसँगै पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, र रामबहादुर खनाललाई पनि ४ दिनसम्म हिरासतमा राख्न म्याद थप गरिएको छ।

लामिछानेलाई गत कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरी कास्की ल्याइएको थियो। अनुसन्धानका लागि उनीमाथि यसअघि ६, ७, १०, १३, र १५ दिनको म्याद थपिएको थियो। अहिले फेरि ४ दिनको म्याद थपिएको छ।
प्रहरीले लामिछानेसहितका अभियुक्तहरूमाथि सहकारी ठगीका अतिरिक्त संगठित अपराधका योजनामा संलग्नता रहेको आशंकामा अनुसन्धान गरिरहेको जनाएको छ।


