
रवि भुजेल, २९ पुस, बाँके,
बाँकेमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका-३ का ५० वर्षीय घमण्ड बहादुर शाही र धनगढी-१४ का ३६ वर्षीय रुपेश बस्नेतको मृत्यु भएको हो।

दाङतर्फ जाँदै गरेको ना ८ ख ३३३ नम्बरको ट्यांकरले बिहान १० बजेतिर कोहलपुरतर्फ जाँदै गरेको भे ९ प ९५१७ नम्बरको मोटरसाइकललाई राप्तीसोनारी-१ सौरीमा ठक्कर दिएको हो।
ठक्करबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको बाँके प्रहरीले जनाएको छ। प्रहरीले ठक्कर दिने ट्यांकर र चालकलाई नियन्त्रणमा लिएको छ।


