
२६ जेठ, काठमाडौं । भारतको मुम्बईस्थित ठाणे जिल्लामा चलिरहेको लोकल ट्रेनमा ठूलो दुर्घटना भएको छ । सोमबार बिहान एक फास्ट लोकल ट्रेनबाट करिब १० जना यात्रु झरेका छन्, जसमा एकजनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् ।
दुर्घटना मुम्ब्राबाट दिवातर्फ जाँदै गरेको ट्रेनमा बिहान करिब ९:२० बजे भएको हो । घटनाको बेला ट्रेन सीएसएमटी (छत्रपति शिवाजी महाराज टर्मिनस) गन्तव्यतर्फ गइरहेको थियो ।
मध्य रेलवेका जनसम्पर्क अधिकृत स्वप्निल धनराज निलाले दुर्घटनाको पुष्टि गर्दै घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको जानकारी दिए ।
ठाणे महानगरपालिकाले दिएको जानकारीअनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । दुर्घटना के कारण भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।