बिरगंज । महोत्तरी जिल्लामा स्रोत नखुलेको आठ लाख पाँच हजार पाँच सय रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति सम्सी गाउँपालिका–७ का २८ वर्षीय रामस्नेही साह रहेका छन्।
प्रहरीले बुधबार दिउँसो जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा शङ्काका आधारमा चेकजाँच गर्दा साहको साथमा स्रोत नखुलेको नगद फेला परेको थियो। महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार, साहलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
साह बीआर ३० एएफ ३८७६ नम्बरको भारतीय मोटरसाइकलमा यात्रा गरिरहेका थिए। प्रहरीको नियन्त्रणमा मोटरसाइकलसमेत राखेर जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


