
वीरगञ्ज, पर्सा — मधेसमा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यसहित स्थापना भएको ‘फेम ईन्स्टिच्युट’ स्थापना भएको पाँच वर्ष पूरा गर्दै अगाडि बढेको छ। सन् २०२१ मा स्थापना भएको यो संस्था अहिले वीरगञ्जको प्रमुख मेडिकल इन्ट्रान्स तयारी केन्द्रको रूपमा चिनिँदै आएको छ।
डा. मृगेन्द्र यादव र अमित रौनियारको सहकार्यमा सुरु गरिएको फेम ईन्स्टिच्युटले मधेसका विद्यार्थीहरूलाई काठमाडौं नजाँदै पनि स्तरीय तयारी गराउने लक्ष्य लिएको हो। अहिले संस्थाको नेतृत्व अमरेश कुमार यादवले सम्हालिरहेका छन् भने शैक्षिक निर्देशकको भूमिकामा डा. आशिष झा र आर्थिक व्यवस्थापनमा लेखापाल गुडिया गुप्ता सक्रिय छन्।
संस्थाले चार वर्षको अवधिमा १० जना विद्यार्थीलाई मेडिकल प्रवेश परीक्षामा सफल गराउँदै उल्लेखनीय सफलता हात पारिसकेको छ। यसले मधेस क्षेत्रका विद्यार्थीहरूलाई आफ्नो क्षेत्रमा बसेरै उच्चशिक्षा हासिल गर्ने सम्भावना देखाएको छ।
संस्थापक डा. यादव भन्छन्, “काठमाडौं मात्र होइन, मधेसमै पनि मेडिकल तयारीको उत्कृष्ट आधार तयार गर्न सकिन्छ भन्ने कुरालाई हामीले प्रमाणित गरेका छौं।”
स्थानीय अभिभावक, विद्यार्थी र समाजमा संस्थाप्रतिको विश्वास र भरोसा दिनप्रतिदिन बढ्दै गएको छ। अनुभवी शिक्षक, सुदृढ व्यवस्थापन र नियमित परीक्षण प्रणालीका कारण फेम ईन्स्टिच्युट वीरगञ्जको विश्वासिलो शैक्षिक गन्तव्य बन्न पुगेको हो।
संस्थाले आगामी दिनमा थप विद्यार्थीलाई सफल बनाउने र मधेस क्षेत्रमै उच्चशिक्षाको पहुँच विस्तार गर्ने योजना बनाएको छ। निजी क्षेत्रबाट सञ्चालनमा आएको यस्तो संस्थाले शैक्षिक रुपान्तरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।