१२ माघ, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको आगामी रणनीति र मधेशका मुद्दामा विशेष ध्यान केन्द्रित गर्दै केन्द्रीय समिति बैठक सुरु गरेको छ। बैठक वीरगञ्जको पुजन होटलमा शनिबार प्रारम्भ भएको हो।
पार्टीका केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा बसेको बैठकबारे उपमहासचिव एवं संघीय खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिएका छन्।
बैठकमा केन्द्रीय अध्यक्ष राईसहित संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष तथा मन्त्री नवलकिशोर साह सुडी, उपाध्यक्ष सुशीला श्रेष्ठ, उपाध्यक्ष रन्ध्वजकन्दनवा लिम्बू, महासचिव मोहम्मद इश्तियाक राई, सचिव वीरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झालगायत केन्द्रीय समितिका सदस्यहरूको सहभागिता रहेको छ।
बैठकमा मधेश केन्द्रित मुद्दाहरूमा छलफल गर्दै आगामी योजनाहरू तय गर्ने उद्देश्य राखिएको बताइएको छ।


