निरञ्जन शाह
पौष २०, बिरगंज
बिरगंज महानगरपालिका वडा नम्बर ७ मा कुम्हालटोले टोल सुधार समाजको आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम कुम्हालटोलेस्थित मेरी गोल्ड स्कुलको प्रांगणमा आयोजित थियो।

कार्यक्रमका प्रमुख अतिथी बिरगंज वडा नम्बर ७ का वडा अध्यक्ष हिराकाजी महर्जन थिए भने विशिष्ट अतिथिहरूमा इलाका प्रहरी कार्यालय नगवाका प्रमुख रुपेश झा, राजेन्द्र सिंह, रबि कोईराला, सचिव हेमन्त शाक्य, अभिलाष गुप्ता, कन्हैया पटेल, तथा समाजसेवी राजेन्द्र भट्टराईको उपस्थिति थियो। कार्यक्रम कुम्हालटोले टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रममा ६ महिला सहित ३१ जना रक्तदाताहरूले रक्तदान गरेका थिए। रक्तदाताहरूमा सुस्मा श्रेष्ठ, बिनिता श्रेष्ठ, ज्ञान माया रायमाझी, सिल्की श्रीवास्तव, चान्दनी मिश्रा, सुनिता श्रेष्ठ, बैधनाथ साह कानु, अनमोल कोईराला, आदित्य राजवंशी, जितु साह कानु, सुनिश कुमार साह, दिपु सराफ, सम्भु जैसवाल, प्रमोद सराफ, रामबाबु रायमाझी लगायत अन्य व्यक्तिहरू सामेल थिए।
कार्यक्रममा सामुदायिक प्रहरी कुम्हालटोलेका श्रवण बहादुर रायमाझी र मधेसी पत्रकार समाजका प्रदेश उपाध्यक्ष मनोज मिश्रा लगायतका व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी शाखाका युवा संयोजक अभिलाष गुप्ता, रक्तसंचार बिरगंजका प्रमुख सौरभ राज पाण्डे, राजन श्रीवास्तव, मनिष गुप्ता, लिलाधर साह, समिर आलम लगायतका व्यक्तिहरूले प्राविधिक सहयोग उपलब्ध गराएका थिए।
रक्तदान कार्यक्रमले समाजसेवाका क्षेत्रमा टोल सुधार समितिको सक्रियता र जनसहभागिताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।


