
बिरगञ्ज — पछिल्लो समय बिरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा केही विशेष रक्तसमूहहरूको अभावका कारण बिरामी र उनीहरूका आफन्तहरूले अत्यधिक कठिनाइ भोग्नुपरेको छ। यसै सन्दर्भमा, रक्त आपूर्तिमा सहजता ल्याउन सामुदायिक प्रहरी साझेदारी र भोलेन्टियर टिम बिरगञ्जको संयुक्त पहलमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।उक्त रक्तदान कार्यक्रम यही शनिबार, जेठ २० गते (सन् २०२५ मे ४ तारिख), बिहान ७:१५ बजेदेखि जिल्ला प्रहरी कार्यालय परिसरमा सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।मानवीय सेवाको यस पुनीत अभियानमा सबैलाई सहभागिता जनाई सहयोगी हात अगाडि बढाउन आयोजक संस्थाहरूले हार्दिक अनुरोध गरेका छन्।