निरञ्जन शाह
फागुन २३, बिरगंज
बिरगंजको घन्टाघर चोकमा आज क्रियाशील युवा पत्रकार मञ्च नेपालद्वारा तेस्रो पटक खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। समाजसेवाको अभिप्रायले गरिएको यो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा रहेका थिए भने विशिष्ट अतिथिका रूपमा वडा नं. ४ का अध्यक्ष जगत साह कानु उपस्थित थिए। साथै, जिल्ला ट्राफिक कार्यालय प्रमुख, समाजसेवी प्रकाश थारु, वडा प्रहरी बिर्ताका प्रमुख निरोज चौलागाईं, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, समाजसेवी राजेन्द्र भट्टराई लगायतको विशेष उपस्थिति थियो।
क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष प्रणय साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आनन्द पटेल, सचिव बिरेन्द्र साह, कोषाध्यक्ष उपेन्द्र बरई, सदस्यहरू उपेन्द्र पटेल, अरुण साह, दिनेश ठाकुर, मुकेश गुप्ता, कन्हैया बर्णवाल लगायतको उपस्थिति रहेको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र पनि कार्यक्रममा सहभागी भएका थिए।
रक्तदान कार्यक्रममा ३१ जना रक्तदाताहरूले सहभागिता जनाएका थिए, जसमा एक महिला पनि थिइन्। रक्तदान गर्नेहरूमा पत्रकार कृष्ण कुश्वाहा, उमेश नारायण मानन्धर, आदित्य कुमार महरा, नारायण क्षेत्री, राजेश दास, राज कुमार सहनी, लोकेश रावत, राजीव कुमार झा, मन्जय साह, रोहित राज, राज विधा पन्जियार लगायत रहेका थिए।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, बिरगंज रक्त सञ्चार केन्द्रका दिल्ली माया घिमिरे, नमित चौरसिया, समीर हासमी, श्रीराम शर्मा लगायतको उपस्थिति रहेको यस कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।


