अभिलाष गुप्ता
चैत १५ बिरगंज
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकमा सवारी साधानहरु रोकी चेकजाँच गर्ने क्रममा बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको ग १ ज ८२०२ नं. को यात्रुवाहक EV गाडीमा सवार भई आएका देश भारत बिहार राज्य सितामढि जिल्ला घोडासान घर भई हाल जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ०२ संगमचोक डेरा गरी बस्ने वर्ष ४२ को रामजी बानिया रहेका थिए।
अर्को जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ०४ बस्ने वर्ष ६४ को सन्तोष दासलाई शंका लागी गाडीबाट ओराली रितपुर्वक खानतलासी गर्ने क्रममा निजहरुले लुकाई छिपाई गरी ल्याईएको अवस्थामा लागू औषध ओनरेक्स १०० एम.एल.को १२ बोतल फेला परेको थियोे।
उक्त लागू औषध सहित निजहरु रामजी बानिया र सन्तोष दासलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध कसुर मुद्धामा ७ दिनको म्याद थप गरि अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौडाले जानकारी गराएको छ।


