
वीरगन्ज, ३ कात्तिक: बारामा जनता समाजवादी पार्टी (जसपा) को जिल्ला कार्यसमिति गठन गरिएको छ। शनिबार कलैयामा सम्पन्न कार्यक्रममा अजय पटेलको अध्यक्षतामा ४२ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ।
जिल्ला कार्यसमिति घोषणा कार्यक्रममा संघीय सरकारका खानेपानी मन्त्री तथा जसपाका उपमहासचिव प्रदीप यादव प्रमुख अतिथि रहेका थिए। यस कार्यक्रममा जसपाका केन्द्रीय सदस्य तथा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पनि विशेष उपस्थिति रहेको थियो।
जसपाका मधेस प्रदेश संयोजक अशोककुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपाका केन्द्रीय सदस्यहरू मोहन चौधरी, प्रमोद गुप्ता, पारस साह, जनार्दन यादव, मधुमाया यादव, पर्साका अध्यक्ष सिंगासन साह तेली लगायतका नेताहरूको पनि सहभागिता रहेको थियो।