पर्सा, असार ६
बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्।
आयोगको टंगाल, काठमाडौंबाट खटिएको टोलीले उनलाई पोखरिया र बहुदरमाई नगरपालिकामा योजना स्वीकृति, खरिद आदेश तथा ठेक्का प्रक्रिया लगायतका काममा अनियमितता गर्दै अवैध रूपमा घुस लिएको आरोपमा पक्राउ गरेको हो।
श्रीवास्तवले सार्वजनिक पदको दुरुपयोग गर्दै व्यक्तिगत लाभका लागि गैरकानुनी रकम मागेको र लिएको प्रमाण भेटिएको आयोगका एक अधिकारीले वीरगंज सिटिलाई जानकारी दिएका छन्।
अख्तियारले उनीविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइसकेको छ। साथै, आयोगले भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’को नीति अपनाउँदै यस्ता गैरकानुनी कार्यमा संलग्न व्यक्तिमाथि कडाइका साथ कारबाही गरिने चेतावनीसमेत दिएको छ।


