काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा संशोधनसम्बन्धी अध्यादेश आज जारी गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ संविधानको व्यवस्था अनुसार लागू गरिएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएअनुसार मन्त्रिपरिषद्को सिफारिसका आधारमा संविधानको धारा ११४ को उपधारा (१) अनुरूप उक्त अध्यादेश जारी गरिएको हो। अध्यादेश जारी भएसँगै प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रियासम्बन्धी कानुनी व्यवस्थामा आवश्यक संशोधन कार्यान्वयनमा आएको छ।
सरकारले निर्वाचन प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यो अध्यादेश ल्याएको बताइएको छ।


