
पोखरिया – मालपोत कार्यालय पोखरियामा अब सेवाग्राहीको सुविधा र कार्यालयको पारदर्शिता बढाउन CCTV क्यामराको निगरानी प्रणाली लागू गरिएको छ।
मालपोत कार्यालय पोखरियाका प्रमुख रामजी साहले कार्यालयका सबै शाखामा क्यामरा जडान गरेर अब सेवा प्रवाहलाई आफ्नै निगरानीमा राखेको जानकारी दिएका छन्। उनका अनुसार, यसबाट कर्मचारीको लापरवाही रोक्न र सेवाग्राहीलाई समस्यामा नपर्ने वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको छ।
साहले भने, “अब सबै शाखामा क्यामराको निगरानी रहेको हुँदा सेवाग्राहीलाई कुनै गुनासो गर्न नपर्ने अवस्था सिर्जना भएको छ।”
यसैबीच, मालपोत कार्यालयबाट आफूले फास्ट ट्रयाक प्रक्रिया मार्फत १ सय ९० वटा फाइलको छिनोफानो गरेको शाखा प्रमुख रामरेखा चौरसियाले जानकारी दिए। उनले थपे, “दुई महिनाको अवधिमा यी सबै मुद्दाहरू छिटो समाधान भएका छन्।”
साहले जनतासँग प्रतिवद्धता व्यक्त गर्दै भने, “यदि कुनै पनि सेवाग्राहीलाई समस्या भएको खण्डमा म आफैं त्यहाँ पुगेर कानूनी प्रक्रिया अनुसार छिटो समाधान गर्न प्रतिबद्ध छु।”
यस कदमले कार्यालयको कार्यक्षमता र सेवाग्राहीको सन्तुष्टिमा सुधार आउने विश्वास व्यक्त गरिएको छ।