पर्सा — यस इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि. को शाखा कार्यालय शिबर्वा, पर्साबाट सञ्चालित समूह नम्बर ०१ की सदस्य पासपती देवी हजामको दु:खद निधनपछि संस्थाले निजको नाममा रहेको कर्जा तथा बीमा दाबी प्रक्रिया पूरा गर्दै बीमा रकम हस्तान्तरण गरेको छ।
श्रीमती हजामको नाममा रहेको रु. २ लाख ७० हजार बराबरको कर्जा तथा सो सम्बन्धित ब्याज पूर्ण रूपमा मिनाहा गरी, मिति २०८२ असार १० गते बीमा दाबी वापतको रु. ४ लाख ८६ हजार १ सय ७० रकम परिवारलाई प्रदान गरिएको हो।
उक्त रकम मृतक सदस्यका श्रीमान् मदन ठाकुर हजाम, दाइ उपेन्द्र ठाकुर हजाम, स्थानीय समूहका सदस्य, छिमेकीहरू तथा शाखा प्रमुख अनिल यादव र कर्मचारी मनिष चौधरी, लक्ष्मण कुमार मेहताको उपस्थितिमा हस्तान्तरण गरिएको हो।
संस्थाका अनुसार, यस किसिमका बीमा योजनाले आर्थिक संकटमा परेका परिवारलाई राहत मिल्ने विश्वास गरिएको छ। मृतक सदस्यकी परिवारले पाएको बीमा रकमप्रति कृतज्ञता व्यक्त गरेका छन् भने संस्थाले आफ्ना दायित्वहरू समयमा पूरा गर्न पाउँदा सन्तोष व्यक्त गरेको छ।
यस इन्फिनिटी लघुवित्तले ग्रामीण तथा आर्थिक रूपमा कमजोर वर्गलाई लक्षित गर्दै वित्तीय सेवा प्रदान गर्दै आएको छ।


