नेपाल सांस्कृतिक महासंघ, पर्साको तेस्रो जिल्ला अधिवेशनबाट नव-निर्वाचित अध्यक्ष लालबाबु प्रसाद कुर्मीसहित कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरिन्छ।
उक्त कार्यक्रम नेपाली कांग्रेस पर्साका कार्यबाहक सभापति रामनारायण कुर्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा महासंघका राष्ट्रिय अध्यक्ष तिर्थ बहादुर थापा, महामन्त्री शिवशंकर रिजाल, नेपाली कांग्रेसका नेता रमेश पाण्डे, प्रकाश उपाध्याय, नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष छोटेलाल प्रसाद साह, प्रदेश उपाध्यक्ष मोहनलाल कुर्मी तथा महासंघका केन्द्रीय सदस्यहरू राम पुजन ठाकुर, रिता रिजाल, विद्यार्थी नेता राकेश यादव लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष उमेश गुप्ताले गरेका थिए भने सञ्चालन निरञ्जन न्युपानेले गरेका थिए।


