निरंजन साह ,
युगाण्डामा जारी वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नामिबियाले नेपाललाई १२६ रनको चुनौती प्रस्तुत गरेको छ। एन्टेबे क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ रोजेको नेपालले नामिबियालाई निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रनमा रोक्यो। यो स्कोर प्रतियोगितामा अहिलेसम्मकै उच्च हो।
नामिबियाका लागि यस्बिन खानले ४५ रनको योगदान दिइन् भने विल्का वातिलले २० रन जोडिन्। नेपालका बलरमध्ये ईश्वरी विष्टले ३ विकेट लिइन्। रचना चौधरीले २ विकेट हात पारिन् भने इन्दु बर्मा र रिया शर्माले समान १/१ विकेट लिए।
यसअघि, प्रतियोगिताको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा हङकङसँग २ रनले हार बेहोरेको नेपालले घरेलु टोली युगाण्डालाई एक विकेटले पराजित गरेको थियो। तीन खेल बाँकी रहँदा नेपाल दुई अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएकाले नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब छ।


