स्ववियु चुनावको कार्यतालिका सार्वजनिक, चैत ५ गते मतदान हुने
वीरगञ्ज: देशभरका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको तयारी तीव्र बनेको छ। शुक्रवार सार्वजनिक कार्यतालिका अनुसार, वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पससहित सम्पूर्ण क्याम्पसमा चैत ५ गते मतदान हुने भएको छ।
स्ववियु निर्वाचनका लागि विभिन्न विद्यार्थी संगठन तथा समूहले फागुन १९ गतेसम्म दर्ता गर्नुपर्नेछ। मतदाता सूची फागुन २१ गते प्रकाशित गरिनेछ भने फागुन २५ गतेसम्म दाबी–विरोध पेस गर्न सकिनेछ। सोही दिन अन्तिम मतदाता सूची सार्वजनिक गरिनेछ।
निर्वाचन कार्यतालिका
- फागुन १९: विद्यार्थी संगठन तथा समूह दर्ता
- फागुन २१: मतदाता सूची प्रकाशन
- फागुन २५: दाबी–विरोधको अन्तिम मिति
- फागुन २६: उम्मेदवार मनोनयन पत्र वितरण
- फागुन २७: उम्मेदवारी दर्ता तथा प्रारम्भिक सूची प्रकाशन
- फागुन २८: उम्मेदवारीविरुद्ध दाबी–विरोध तथा अन्तिम नामावली प्रकाशन
- फागुन २९: उम्मेदवारी फिर्ता लिने अन्तिम समयसीमा
- चैत ५: मतदान (बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म)
स्ववियु चुनावलाई पारदर्शी बनाउन निर्वाचन प्रक्रिया व्यवस्थित रूपमा अगाडि बढाइने सम्बन्धित निकायहरूले बताएका छन्। विद्यार्थी प्रतिनिधिहरू चयन गर्ने यस प्रक्रियामा विद्यार्थीको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।


