
दक्षिण एशियाली मुलुक अफगानिस्तान, पाकिस्तान र उज्बेकिस्तानमा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। नवभारत टाइम्सको रिपोर्टअनुसार भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको हिन्दुकुश पर्वत क्षेत्रमा रहेको थियो, जसको परिमाण रिक्टर स्केलमा ४.५ म्याग्निच्युड मापन गरिएको छ।भूकम्पको कम्पन महसुस हुनासाथ स्थानीय बासिन्दा त्रसित हुँदै घर बाहिर निस्किएका थिए। यद्यपि, प्रारम्भिक विवरणअनुसार यो भूकम्पबाट मानवीय वा भौतिक क्षतिको कुनै जानकारी प्राप्त भएको छैन।भूकम्पको असर अफगानिस्तान सीमित नरहई छिमेकी मुलुकहरू पाकिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानसम्म महसुस गरिएको थियो।भूकम्पपछि सम्बन्धित क्षेत्रका अधिकारीहरूले अवस्था नियालिरहेका छन् र थप विवरण सङ्कलनको कार्य जारी रहेको जनाइएको छ।