काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिकदेखि दैनिक १० घण्टा बन्द रहने भएको छ। आगामी पाँच महिनासम्मको लागि सञ्चालन गरिने निर्माण कार्यका कारण विमानस्थल दैनिक रूपमा बन्द गरिने योजना बनाइएको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार कात्तिकदेखि चैतसम्म प्रत्येक दिन राती १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरिनेछ। निर्माण कार्य सम्पन्न गर्नको लागि यो समयावधि तय गरिएको हो।
निर्माण कार्य अन्तर्गत विमानस्थलको सुरक्षा र सुविधामा सुधार गर्न तथा नयाँ ट्याक्सीवे निर्माणको कामलाई प्राथमिकता दिइनेछ। मास्टर प्लानअनुसार हवाई क्षेत्रको क्षमता र सुरक्षा मापदण्ड सुधारका लागि यो काम गरिने बताइएको छ।
यस अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहने भएकाले प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई विकल्पका रूपमा प्रयोग गर्ने योजना बनाएको छ। यसबाट अन्तर्राष्ट्रिय उडानको चाप कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


