काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त हुने भएका छन्। उच्च अदालत बुटवलले उनलाई जमानतमा छाड्न आदेश दिएको हो।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ धरौटी बुझाउने सर्तमा रिहा गर्न निर्देशन जारी गरिएको छ। तोकिएको रकम बुझाएपछि उनी थुनाबाट मुक्त हुनेछन्।
अदालतको यस आदेशसँगै लामिछानेको कानुनी प्रक्रियाले नयाँ मोड लिएको छ।


