काठमाडौँ । चीनले नेपालको अन्तरिम प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले सेप्टेम्बर १२ मा शपथ ग्रहण गरेकी कार्कीलाई शुभकामना दिँदै नेपाल–चीन सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा व्यक्त गरेका छन्।
प्रवक्तालाई पत्रकारले “सेप्टेम्बर १२ मा नेपालकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीको शपथ लिनुभएको छ। यसबारे चीनको धारणा के हो?” भनेर प्रश्न गरेका थिए।
जवाफमा उनले चीन र नेपालबीचको ऐतिहासिक मित्रता र आपसी सहयोगलाई स्मरण गर्दै भने, “चीनले नेपाली जनताले रोजेको विकासको मार्गलाई सधैं सम्मान गर्दछ। हामी पाँच सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्वलाई मजबुत बनाउन, विभिन्न क्षेत्रमा सहयोग र आदानप्रदान विस्तार गर्न र दुवै देशबीचको सम्बन्धलाई अझै सुदृढ पार्न इच्छुक छौँ।”


