काठमाडौं स् गृह मन्त्रालयले प्रशासनिक पुनर्संरचनाअन्तर्गत कारागार व्यवस्थापन विभागसहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० हरूको सरुवा गरेको छ । मन्त्रालयका अनुसार हाल नुवाकोटमा कार्यरत सीडीओ शशीधर घिमिरेलाई केन्द्रीय कारागार व्यवस्थापन विभागमा जिम्मेवारी दिइएको छ ।
यसैगरी सहसचिव राजन पौडेललाई भोजपुर, सहसचिव लक्ष्मीप्रसाद पौडेललाई पर्वत, सहसचिव रेखा कँडेललाई खोटाङ, सहसचिव शान्तिराज प्रसाईंलाई प्युठान तथा उमेश ढुंगनालाई लमजुङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा खटाइएको छ ।
अन्य सरुवाअनुसार पर्वतका सीडीओ हरिप्रसाद घिमिरे दोलखा पुगेका छन् भने तनहुँका सीडीओ रामकृष्ण अधिकारीलाई सिन्धुपाल्चोक पठाइएको छ। भोजपुरमा कार्यरत सीडीओ शिवलाल तिवारी तनहुँ सरुवा भएका छन् । कञ्चनपुरका सीडीओ लक्ष्मण ढकाल इलाम पुगेका छन् भने गृह मन्त्रालयमा कार्यरत सहसचिव मदन कोइरालालाई कञ्चनपुरको सीडीओ बनाइएको छ ।
त्यस्तै प्युठानका सीडीओ दीपकराज नेपाललाई नवलपरासी ९पश्चिम० र गृह मन्त्रालयका उपसचिव महेन्द्रकुमार सापकोटालाई सल्यान जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ ।


