
बारा, फेटा गाउँपालिका–१: बारा जिल्लाको फेटा गाउँपालिका–१ स्थित त्रिवेणी पुल नजिक गण्डक नहरको किनारमा एक पुरुषको शव फेला परेको छ। शवलाई बिहान हिँडडुलमा निस्किएका स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा प्रवक्ता प्रकाश सापकोटाका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।
हालसम्म शवको पहिचान हुन सकेको छैन तर प्रारम्भिक अनुसन्धानका आधारमा मृतक वीरगञ्जको छपकैया क्षेत्रका बासिन्दा भएको आशंका गरिएको छ। मृत्युको कारण अझै स्पष्ट नभएको र शव कुहिन थालेको अवस्थामा फेला परेको स्थानीयले बताएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।