
२५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि पार्टी समर्थकहरूले खुसीयाली मनाउन सुरु गरेका छन्।

कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएसँगै, अदालत बाहिर रास्वपाका समर्थकहरूको उत्साहजनक भीड देखिएको छ। लामिछानेको धरौटीमा रिहाइको खबरले समर्थकहरूमा उत्साहको माहोल सिर्जना गरेको छ।


सूर्यदर्शन सहकारी प्रकरणमा सबै आरोपितहरूलाई धरौटीमा छाड्न आदेश दिइएको छ। सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लिला पछाईलाई ३७ लाख, आरती गुरुङ र मीना गुरुङलाई ५र५ लाख र कृष्ण बहादुर गुरुङलाई एक लाख धरौटी माग गरिएको छ।
समर्थकहरूले अदालतको फैसलालाई न्यायको विजयको रूपमा लिएका छन्। अदालतको आदेशपछि अदालत बाहिर रास्वपाका समर्थकहरू ढोल पिट्दै र नाचगान गर्दै उत्सवमा रमाइरहेका छन्।


