
मिति: चैत २६,
वीरगञ्ज
वीरगञ्ज महानगरपालिका र नेशनल प्याब्सनको संयुक्त आयोजनामा नारायणी रङ्गशालामा जारी निजी तथा आवासीय विद्यालयहरूको राष्ट्रिय स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन महिला तर्फको खेलमा काव्या एकेडेमीको टिमले उत्कृष्ट प्रदर्शन गर्दै वीरगञ्ज गोल्डेन गेटलाई पराजित गरेको छ।प्रतियोगिताको उद्घाटन नगर प्रमुख राजेशमान सिंह र जीएचपी स्कूलकी प्रधानाध्यापक रोमी कौरले क्रिकेट खेल्दै गरिएको थियो।दोस्रो दिनको खेलमा पहिलो ब्याटिङ गरेको गोल्डेन गेट स्कूलले २० ओभरमा ७६ रन बनाउँदै काव्या एकेडेमीलाई ७७ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा काव्याले ९ ओभर ३ बलमै लक्ष्य भेट्टाउँदै खेल आफ्नो पक्षमा पार्न सफल भयो।काव्या एकेडेमीकी रागिनी चौरसियाले ३१ बलमा ३१ रन बनाउँदै शानदार प्रदर्शन गरेकी थिइन्, जसका लागि उनलाई ‘म्यान अफ द म्याच’ घोषित गरियो। उक्त जानकारी काव्या एकेडेमीका संस्थापक तथा शिक्षक हरिन्द्र कुशवाहाले दिएका थिए।यो प्रतियोगितामा २९ वटा विद्यालयहरूको सहभागिता रहेको छ र अन्तिम खेल बैशाख ४ गते हुने आयोजकले जानकारी दिएका छन्।


