काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सहरको सरसफाइ र स्वच्छता कायम राख्ने विषयमा कुनै पनि प्रकारको कमजोरी सह्य नहुने स्पष्ट पारेकी छन्।
फोहर संकलन, वर्गीकरण तथा ढुवानीको जिम्मा पाएका निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा उनले सहरी सरसफाइलाई दिगो बनाउन आवश्यक नीतिगत र व्यवहारिक सुधारमा जोड दिइन्। सो अवसरमा उनले सडक, सडक छेउ, ढल, पार्क, गल्ली, चोक तथा घरका ढोकाअगाडि फोहर थुपारिएको दृश्य सहरमा कतै देखिन नहुने निर्देशन दिइन्।
कार्यवाहक प्रमुख डङ्गोलले तोकिएको समय र निर्धारित विधिअनुसार फोहर संकलन अनिवार्य हुनुपर्ने बताउँदै सडक नियमित रूपमा बढार्नुपर्ने उल्लेख गरिन्। उनले भनिन्, “सहरी सरसफाइ फोहर उत्पादन गर्ने नागरिकदेखि व्यवस्थापन गर्ने निकायसम्म सबैको साझा जिम्मेवारी हो। जिम्मेवारीबाट पन्छिएर अरूलाई दोष दिने प्रवृत्ति अन्त्य गर्नुपर्छ।”
नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरू महानगरको मुख्य प्राथमिकतामा रहेको उनको भनाइ थियो। छलफलमा निजी क्षेत्रको तर्फबाट ध्रुवप्रसाद आचार्य र मित्र घिमिरे सहभागी थिए। उनीहरूले महानगरपालिकाले दिएको निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
छलफलका क्रममा फोहरलाई स्रोतबाटै वर्गीकरण गर्ने, संकलनको समय र तरिका निश्चित गर्ने, तथा फोहर उठाउनुअघि पूर्वसूचना दिने अभ्यासलाई प्रभावकारी बनाउने विषयमा सहमति भएको जनाइएको छ।
वातावरण विभागका अनुसार महानगरपालिकाले घरेलु फोहरसँगै उत्पादन हुने सु


